हेटौंडा । सरकारले बैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि तातेको राजनैतिक माहोल र दलका नेता र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेपछि गाउँगाउँमा चुनावी माहोल बन्दै गएको छ ।

मकवानपुर जिल्लाको एक मात्र उपमहानगरपालिका हेटौडा उपमहानगरपालिकामा पनि चुनावी माहोल तात्दै गएको छ । यसैक्रममा हेटौडा–६ मा नेकपा एमालेले चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय खोलेको छ । हेटौडा–६ हात्तीलेटमा रहेको सम्पर्क कार्यालयको बुधवार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उदघाट्न गरे ।

कार्यक्रममा पौडेलले एमालेले मात्र देशमा समृद्धि ल्याउने बताउनु भयो । अवको निर्वाचनमा एमालेको विजय यात्रालाई कुनै पनि पार्टीले रोक्न नसक्ने बताउदै पौडेलले पाँच दलीय गठबन्धलाई स्वार्थको गठबन्धन भएको जिकिर गरे ।

नेकपा एमाले ६ का निर्वाचन मुल व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेल, उपमेयरकी उम्मेदवार सुमित्रा काफले, ६ नं. वडाका उम्मेदवार विश्वराज राई लगायतकाले सम्वोधन गरेका थिए । यस अघि पार्टीले चौघडामा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय खोली चुनाव केन्द्रीत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भीमसेन पौडेल
थप जानकारी