हेटौंडा । सत्तारुढ दलको गठबन्धन उम्मेदवारले हेटौंडा–२, कांग्रेसचोकमा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । गठबन्धन दलका नेताहरुको उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

कांग्रेस नेतृत्वमा २ नम्बर वडामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संलग्न गठबन्धनका उम्मेदवार छन् । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विष्णुगोपाल महर्जन, खुला वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला, नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना र दलित महिलातर्फ नेपाली कांग्रेसबाट मैया परियार उम्मेदवार छन ।