हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाबाट चोरी भएको दुईवटा मोटरसाइकल खोजतलास गरेर सम्बन्धित धनीलाई बुझाएको छ । भवनाथ भट्टराई र खड्क सिं वाईवाको चोरी भएको मोटरसाईकल प्रहरीले खोजतलास गरि उनीहरुलाई बुझाएको हो ।

नुवाकोट मनकामना–८ घर भई हाल हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने ५८ बर्षीय भवनाथ भट्टराईको आफ्नै घरमा पार्किङ गरी राखेको ना ६३ प २१६ नम्वरको १२५ सिसिको मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएपछि भट्टराईले दिएको निवेदनका आधारमा जिप्रका मकवानपुरले खोजतलास गर्ने क्रममा हेटांैडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलबाट मोटरसाईकल फेला पारेको थियो ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने ४५ बर्षीय खड्क सिं वाईवाको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित पार्किङ गरी राखेको बा.प्र.०३–००५ प ३११७ नम्बरको मोटरसाईकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएपछि वाईवाले दिएको मौखिक सुचनाको आधारमा प्रहरीले मोटरसाईकल खोजतलास गर्दा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बाट फेला पारेको थियो ।

चोरी भएका दुबै मोटरसाईकल प्रहरीले खोजतलास गरेर सम्बन्धीत मोटरसाईकल धनीलाई आज बुधवार बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।