हेटौंडा । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन ।

बुधबार नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेपछि पार्टीको बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज न्यौपानेलाई अध्यक्ष चयन गरेको हो । बुधबार पार्टी अध्यक्ष पोखरेलसहित सचिवालय सदस्यहरुले पार्टी परित्याग गरेका थिए ।

न्यौपानेलाई बैशाख ३० मा हुने स्थानिय तह निर्वाचनसम्मका लागि अध्यक्षको जिम्मेवारी दिइएको एकिकृत समाजवादी पार्टी सचिवालय मकवानपुरले जनाएको छ ।