हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आमन्त्रित जिल्ला सदस्यमा हेटौंडा २ का रबिन्द्र घिमिरे मनोनित भएका छन ।

आज नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले घिमिरेलाई आमन्त्रित जिल्ला सदस्यको पत्र हस्तान्तरण गरेका हुन ।

घिमिरेलाई आमन्त्रित जिल्ला सदस्य पदमा मनोनित गर्ने सहमति भएपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए । पार्टीले हेटौंडा–२ को टिकट दिएपनि उम्मेदवार बन्न नपाएका घिमिरेले स्वतन्त्रमा वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । कांग्रेसले हेटौंडा–२ को वडाअध्यक्ष विष्णुगोपाल महर्जनलाई आधिकारिक मानेपछि घिमिरे व्याक भएका थिए ।