हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी निर्वाचन आयोगले विभिन्न जिल्लाको मत पत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको मत पत्रमा मकवानपुर जिल्लाका लागी ४० प्रकारका चुनाव चिन्ह रहेका छन् । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरू र स्वतन्त्र उम्मेदवारहरुका लागी लागी समेत हुनेगरी आयोगले मत पत्र छापेको हो ।

यसअघि शुक्रबार आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । आयोगले उम्मेदवारहरुलाई आजै शनिबार निर्वाचन चिन्ह प्रदान गर्न गरेको छ ।