हेटौंडा । नेपाली कांग्रेसका नेता शंकर न्यौपानेले नेपाली काँग्रेसले अन्याय गरेको गुनासो गरेका छन । उनले उम्मेदवार छनोट र टिकट दिने क्रममा पार्टीले अन्याय गरेको गुनासो गरेका हुन ।

उनले पार्टीले आगामी दिनमा सरसल्लाह र छलफल गरि न्यायपूर्ण निर्णय गर्नेमा बिश्वास व्यक्त गरे । टिकट दिदा न्याय हुनेगरि वितरण गर्न पनि उनले पार्टी पत्तिंमा आग्रह गरे । राजनीति हामीले कसैको चाकडी र दया माया पाउनको लागि गरेका होइनौं, उनले थपे, राजनीति सधै निष्ठाको साथ गर्नेछु, चाकडी होइन ।

पार्टीको दबाब पछि उनले मनहरी गाउँपालिकाको अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका थिए । पार्टीभित्रको आन्तरिक टकरावका बीच नेपाली कांग्रेस (बीपी) बाट उम्मेदवारी दिएका न्यौपानेले पार्टीका नेताहरुसँगको सहमतिमा उम्मेदवारी फिर्ता लिएका थिए ।

सत्तारुढ गठबन्धन दलबीच मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पद पाउने भागबण्डाअनुसार अध्यक्षमा रञ्जन कालाखेती र उपाध्यक्षमा रेखा मगरको उम्मेदवारी दर्ता भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षका प्रत्यासी न्यौपाने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीसँग पराजित भएका थिए । अघिल्लो निर्वाचनमा पराजित भएपनि निरन्तर पालिकामा राजनीतिक सक्रियता देखाएका न्यौपानेले पार्टीले अवसर नदिएको भन्दै नेपाली कांग्रेस (वीपी) बाट उम्मेदवारी दर्ता गराएका थिए ।

यता नेपाली काँग्रेस मकवानपुरका प्रवक्त अर्जुन प्रसाद चौलागाईले काँग्रेसको केन्द्रीय परिपत्र र बागमती प्रदेशको निर्देशन र सल्लाह अनुसार टिकट दिइएको बताएका छन । उनले कारणवश टिकट नपाएकालाई पार्टीले उचित व्यवस्थापन गर्ने बिज्ञप्ती मार्फत जानकारी दिएका छन ।