हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा मंगलवार देखि हेटौडामा सञ्चालन भएको ५ दिने बजार विश्लेषण ताथ उद्यम विकास तालिम शनिवार विहान सकिएको छ ।

सामुदायिक वनमा उद्यम सञ्चालन गरि उत्पादित बस्तुहरुलाई कसरी बजार सम्म पु¥याई आम्दानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन तालिम आयोजना गरिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाईको प्रमुख आतिथ्यता एवम महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रमको समापन गरिएको थियो । तालिममा गोपीराम बल र समिर सुवेदीले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल, सहभागि विष्णुमाया राई र बालकुमारी दुलाल लगायतकाले तालिममा सिकेका सीपहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

तालिममा विभिन्न सामुदायिक वनका ३० जनाको सभागिता रहेको फेकोफनकी सहजकर्ता अन्जली थापाले बताईन ।

भीमसेन पौडेल
थप जानकारी