

हेटौंडा । स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको राक्सिराङमा एक जना दलित वडा सदस्य निर्विरोध भएकी छिन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा दलित महिला वडा सदस्य पदमा मनोनयन दर्ता गराएकी सजिना मुक्तान नेपाली निर्बिरोध भएकी राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले जानकारी दिए ।
उक्त पदमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन । यद्यपि निर्वाचित भएको आधिकारिक घोषणा भने बैशाख ३० गतेपछि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्