हेटौंडा । मकवानपुरको बकैयामा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

काठमाडौं–तराई द्रूतमार्गमा निर्माणको क्रममा उत्खनन् भएको माटो फाल्ने क्रममा डोजर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बकैया–११ घट्टेपाखमा लोडर दुर्घटनामा १ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घाइते र मृतक चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । मृतक र घाइतेको पहिचान खुलिसकेको भने छैन ।