

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रको आयोजनामा हेटौंडामा स्वस्थ आमा प्रतियोगिता कार्यक्रम हुने भएको छ ।
प्रतियोगितामा ६ महिनादेखि २३ महिना सम्मका बच्चाका आमाहरु सहभागी हुन पाउनेछन । स्वास्थ्य व्यवहार सुचकको आधारमा ५ जना महिलाहरुलाई छनोट गरि पुरस्कृत गरिने छ । प्रतियोगितामा आमाको पोषण अवस्थाको लेखाजोखा गरिने छ । कार्यक्रममा सहभागि हुन बच्चाको खोप कार्ड, अस्पतालको जन्म प्रमाणपत्र, स्वास्थ्य विमा कार्ड अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।
हेटौंडाको वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा कार्यक्रम हुने महिला स्वास्थ्य स्वंयम सेविका मिना पराजुलीले जानकारी दिइन । कार्यक्रम बैशाख २३ गते बिहान हुने छ । कार्यक्रममा सहभागि हुन बैशाख २१ र २२ गते आवश्यक कागजात सहित सम्पर्क गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्