हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हेटौंडा–२ मा चुनावी अभियानलाई तिव्रता दिएको छ । एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उम्मेद्वार हरिबहादुर राउतले घरदैलो अभियान सुरु गरेका हुन । उनले हेटौंडाको सिद्धार्थ रोडमा रहेका मतदाताहरुको घरघरमा पुगेका छन ।

वडा अध्यक्षका उम्मेदवार राउत यस अघि वडा नम्बर २ का वडा अध्यक्ष हुन । उनले आफ्नो कार्यकालमा अधुरा रहेका काम पुरा गर्न पुनः उम्मेदवारी दिएको बताए । बाँकी काम पुरा गर्न, वडाको विकासलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को महिला वडा सदस्यमा रेनु गुरुङ, दलित महिला वडा सदस्यमा सुमित्रा सुनार, वडा सदस्यमा महेश्वरमान श्रेष्ठ र वडा सदस्यमा रामकृष्ण तिमिल्सिना उम्मेदवार बनेका हुन । नेकपा एमाले वडा नम्बर २ ले छिट्टै घोषणा पत्र पनि जारी गर्ने बताइएको छ ।

हेटौंडा–२ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवारले प्रतिवद्धतापत्र घोषणा गरिसकेका छन । त्यस्तै कांग्रेसले टिकट नदिएपछि हेटौंडा–२ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका उम्मेद्वारले पनि घोषणा पत्र जारी गरेका छन ।

हेटौंडा २ मा एमाले, गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेद्वार र काँग्रेसकै बागी उम्मेद्वारबाट वडा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको छ । तीनबटै उम्मेदवारले चुनावी प्रचार प्रसार र घरदैलो अभियान भने सुरु गरिसका छन ।