

हेटौंडा । नेपाली कांग्रेसले टिकट नदिएपछि हेटौंडा–२ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका सुदिप राजबाहकले घरदैलो अभियान सुरुवात गरेका छन् ।
उनले १३ बुँदे घोषणापत्र जारी गर्दै घरदैलो अभियान सुरुवात गरेका हुन् । आफ्नो पक्षमा युवा र ज्येष्ठ नागरिकको समर्थन रहेको दावी गर्दै उनले सहजै चुनाव जित्ने दावी गरेका छन् । उनले आफ्नो प्रतिबद्धता पत्रमा खेलकुद र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएका छन् । उनले खेलक्षेत्रमा प्रतिवर्ष दशलाख रुपैयाँ विनियोजन गर्ने बताएका छन् ।
‘हेटौंडा–२ लाई पूर्णरुपमा लागूऔषध सेवनमुक्त क्षेत्रको बनाउनेछु । वडाको सम्पूर्ण महिला र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य वीमा गर्नेछु ।’, उनले आफू निर्वाचित भएपश्चात् हेटौंडा–२, बासुदेव मार्ग र वनस्खण्डी रोडसहित सम्पूर्ण भित्र सडकहरुको आवश्यकता अनुसार स्तरोन्नति गरिने बताए ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा कांग्रेसका सवै पराजितहुँदा उनी विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्