

हेटौंडा । मकवानपुरको बकैयामा नेपाली काँग्रेस र नेकपा माओवादीको गठबन्धनको चुनावी अभियानमा हिँडेको मिनि ट्रक दुर्घटना भएको छ ।
बकैया–६ को ठूलो सुधामा गठबन्धनको बागमती प्रदेश ०३००१ च १७६२ नंबरको गाडी हिजो साँझ आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १३ जना घाईते भएकोमा १२ जना उपचारपछि घर फर्किसकेका छन् । एकजानको हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्