हेटौंडा । आसन्न स्थानीय निकायको निर्वाचनका लागि मकवानपुर जिल्लामा १० स्थानीय तहमा १८ सय सरकारी कर्मचारी खटाइएको छ । दश स्थानीय तहका १ सय २ वटा वडाका ३ सय ६५ मतदान केन्द्रमा १८ सय कर्मचारी खटाइएको हो ।

उनीहरु निर्वाचनको तीन दिन अगाडी खटिएका मतदान केन्द्रमा पुग्नुपर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदान अधिकृतको निर्देशनमा काम गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

यहाँका एक सय ६५ वटा मतदान स्थलमा एक हजार ८ सय कर्मचारी पर्याप्त रहेको उहाँले बताए । मकवानपुर जिल्लामा ३ हजार ४ सय जना सरकारी कर्मचारी कार्यरत छन् । अझै एक हजार ६ सय कर्मचारी मौजदात रहेका छन् । कर्मचारी पर्याप्त भएका कारण पनि यस पटकको स्थानीय तहको चुनावमा शिक्षकहरुलाई नखटाइने भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी अपुग भएपछी शिक्षकलाई पनि खटाउनेगरी तयारी भएको थियो ।