हेटौंडा । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को दलित महिला वडा सदस्य पदमा उम्मेदवारी दिएकी ईश्वरी रसाईलीले महिलाको क्षमता विकास पहिलो प्राथमिकता भएको बताएकी छिन ।

अनिरुद्र खबर संग कुराकानी गर्दै उनले महिलाको क्षमता, व्यक्तित्व विकास गर्दै उनीहरुलाई आयआर्जनमा जोड्नुपर्नेमा जोड दिइन । महिलालाई आर्थिक पाटोमा मजबुद बनाउन बिभिन्न कार्यक्रमहरु पनि ल्याउने उनले प्रतिवद्धता जनाइन ।

उनी २०७४ सालको निर्वाचनमा वडा नम्बर १ मा निर्वाचित जनप्रतिनिधि हुन । उनले अधुरो रहेका काम गर्न पनि पुनः उम्मेदवारी दिएको बताइन । अघिल्लो कार्यकालमा नयाँ रहेको र अनुभव कम भएकाले काम गर्न गाह्रो भएको उनको भनाई छ । थोरै काम सुरु भयो उनले भनिन् कोरोनाले प्रभाव पा र्‍ यो, काम अधुरो रह्यो । अब फेरि जिते अधुरो काम पुरा गर्ने उनले प्रतिवद्धता जनाईन । खानेपानीको लागि ट्रयाङकी राख्ने काम र बाटो नभएको ठाउमा बाटोको लागि ट्र र्‍ याक खोल्ने कामहरु भएको र अब त्यसलाई पुरा गर्न आफुले पुनः उम्मेद्वारी दिएको उनको भनाई छ ।