हेटौंडा । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को महिला वडा सदस्य पदमा उम्मेदवारी दिएकी मनु दाहालले महिलाको हक हित र समस्या समाधान गर्न पहल गर्ने बताएकी छिन ।

उनले आफुले जिते वडामा रहेका महिला, बृद्धबृद्धा, बालबालिकाको समस्या समाधान गर्न गर्ने बताएकी हुन । वडाबाट जेष्ठ नागरिकलाई प्रदान गरिने सेवा पनि सहज ढंगबाट प्रवाह गर्ने उनले बताइन ।