

हेटौंडा । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका उत्तमप्रसाद पौडेलले शिक्षा, स्वाथ्य पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन ।
अनिरुद्र खबर संग कुराकानी गर्दै उनले वडा अध्यक्षमा जिते वडामा शिक्षा, स्वास्थ्यको विकासमा थप सुधार गर्दै लैजाने बताए । हेटौंडा उपमहानगरपालिका वडा नं. १ को समग्र विकासका लागि ६ बटा शिर्षकमा बुदाँगत प्रतिवद्धता जनाइएको छ । वडा नं. १ मा एमालेले पुर्वाधार विकास तथा बस्ती संरक्षण, शिक्षा, स्वास्थ्य सामाजिक तथा लक्षित वर्ग, युवा तथा खेलकुद, कृषि, उद्योग, पर्यटन व्यवसाय तथा स्वरोजगार, जेष्ठ नागरिक, वन तथा वातावरण, कला संस्कृति, धर्म र विविध बिषयलाई समेटेर प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
हेटौंडा १ मा एमालेको तर्फबाट वडा अध्यक्षमा पौडेल सहित महिला वडा सदस्यमा मनु दाहाल, दलित महिला वडा सदस्यमा ईश्वरी रसाईली, वडा सदस्यमा रामकृष्ण अधिकारी र वडा सदस्यमै सोनाम सिं ब्लोनले उम्मेद्वारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस्