हेटौंडा । मकवानपुरमा शनिबारदेखि चुनावी माइकिङ बन्द गरिने भएको छ ।

चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारण दिक्क भएको भन्दै शनिवारदेखि यसलाई बन्द गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले माइकिङ बन्द गर्ने निर्णय गरेको हो । सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ ।

बैठकले सार्वजनिक सवारीसाधनमा झण्डाको प्रयोग गर्न समेत रोक लगाउने निर्णय गरेको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको थियो ।