हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा नेकपा एमालेबाट खुल्ला वडा सदस्य उम्मेदवार जनरल श्रेष्ठले वडालाई धुलो रहित बनाउने योजना रहेको बताए ।

अनिरुद्र खबर संग कुराकानी गर्दै उनले व्यवस्थित शहर बनाउन धुलो, हिलो हटाउने बताए । उनले ट्राफिक व्यवस्थापनलाई पनि प्राथमितामा राखेका छन । वडामा युवा बिद्यार्थी, महिला, बालबालिका लक्षित कार्यक्रम संचालन, लागु औषध दुव्यर्सनी हटाउने, रोजगारी तर्फ लाने, सीपको विकास गर्ने तथा खेलाडिलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाए ।

वडाको विकासमा समग्र शिक्षा, स्वास्थ्य, रोजगारी, प्रबिधिलाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ । मानिस पेटीबाट, गाडि सडकबाट, भूमिगत ढल, सडकको छेउ छेउमा हरियाली, सबै सडक खाल्डाखुल्डी मुक्त, स्वच्छ र उज्यालो वडा निर्माणमा गर्ने उनले प्रतिवद्धता जनाए ।