मतअधिकार हाम्रै हो बुझिराखौ आजै
आमाबुबा दिदी बहिनी भाइ अनि दाजै
गल्ती गर्नु हुन्न हजुर पछुताउनु पर्छ
सहि ब्यक्ती चुनौ आज जस्ले विकास गर्छ

आउन त आउँछन् सबै लिइ आस्वासन
डगमगाउनु हुन्न हेर सिक अडिक हुन
गोप्य हुन्छ मतदान बुझिराखौ सबै
लोभ , धम्कि बहकाउमा नडराउँ कबै
लगाउँ छाप सहि ब्यक्ती सहि चिन्ह हेरी
छुन हुन्न दायाँ बायाँ घेराहरू फेरि
लगाउँ छाप सोची वरी नआतिनु कति
पाँच वर्षमा आउने चुनाव महत्व छ अति

हरि पराजुली
थप जानकारी