

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी, उपाध्यक्षमा उमाकुमारी लामाले विजयी भइन् । पुडासैनीले ३ हजार ७२२ मत ल्याउँदा लामाले ३ हजार ७२५ मत प्राप्त गरिन् ।
नेपाली कांग्रेसका विश्व लामाले ३ हजार ४ सय ७२ मत ल्याएर अध्यक्षमा पराजित भए । उपाध्यक्षमा कांग्रेसकी निर्मला रूम्बा ३ हजार ६५६ मत ल्याएर पराजित भइन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो ।
यस गाउँपालिकाको कुल ५ वटा वडामध्ये कांग्रेसले ३ मा विजयी भएको छ । एमालेले दुईवटा वडामा जित हात पारेको छ ।
प्रतिक्रिया दिनुहोस्