हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हिदम लामा निर्वाचित भएका छन् ।

सोमबार बिहान सार्वजनिक मतपरिणामअनुसार एमाले उम्मेदवार लामाले ५ हजार ५ सय ९१ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बद्रि बहादुर स्याङ्तानले ५ हजार २ सय ९ मत पाए । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ ५ हजार ३ सय १५ मतसहित विजयी भए । उपाध्यक्षका अर्का आकांक्षी नेकपा एमालेबाट उम्मेदवार बनेकी पार्वती रानाले ५ हजार २ सय ९९ मत पाइन् ।