हेटौंडा । मकवानपुरकाे राक्सीराङ गाउँपालिकाको वडा नम्बर ७ नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार राम बहादुर प्रजा सहित प्यानल नै विजयी भएको हाे ।

कांग्रेसका उम्मेदवार प्रजाले ४ सय ५७ मत सहित विजयी निर्वाचित हुँदा अध्यक्षका प्रत्यासी नेकपा एमालेका सूर्य बहादुर प्रजाले ४ सय १८ र नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर थिङले १ सय ३० मत प्राप्त गरेका छन् ।

यस्तै, सदस्यहरुमा केशब चेपाङले ४ सय ५२, सुनिल ब्लोनले ४ सय २३, महिला सदस्यमा सन्त माया चेपाङले ४ सय ५९ र दलित महिला सदस्यमा पार्वती सुनार ४ सय ५९ मतका साथ विजयी भएका छन् । राक्सीराङ गाउँपालिकाको ९ नम्बर वडाको मत गणना कार्य जारी रहेको छ भने अन्य वडाकाे मतपरिणाम सार्वजनिक भइ सकेकाे छ ।