हेटौंडा । फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका एक जोडीको पहिचान खुलेको छ ।

सोमबार दिउँसो दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा करिब २२–२३ वर्षका युवक र युवतीको पहिचान खुलेको हो ।
मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष ठकुरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवकसँगै मृत भेटिएकी युवती दाङको राप्ती गाउँपालिका घर भएकी विमला कुमाल हुन् ।

उनिहरु नजिकै दुईवटा विषको बोटल भेटिएको कारण प्रहरीले आत्महत्याको आशंका गरेको छ ।