काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन खुला भएको छ । कम्पनीले प्रतिशेयर रु. १०० अंकित मूल्यको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

कूल निष्काशन मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि,  ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।

आईपीओमा असार ६ गतेसम्म आवेदन दिन पाइने छ, लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सक्ने छन् ।

सर्वसाधारणका लागि छुट्याइएको ६२ हजार ६ सय १५ कित्ता आईपीओ ६ हजार २ सय ५६ जनाले गोलाप्रथाबाट १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् । पछिल्लो समय खुलेका आईपीओमा २० लाख बढीको आवेदन पर्ने गरेको छ । तसर्थः उक्त कम्पनीको आईपीओमा पनि १० कित्ताका लागि मात्रै आवेदन दिनु उपयुक्त देखिन्छ ।