हेटौंडा । मकवानपुरको भिमफेदी र बकैयाको सिमानामा रहेको लटरम्मेश्वर महादेव मन्दिर नजिक शव भेटिएको छ ।

मकवानपुरको भिमफेदी–८ मा शव भेटिएको हो । सडेगलेको अवस्थामा शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राखिएको र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ ।

शवको सनाखत हुन नसकेको जनाइएको छ । घटनास्थल मकवानपुरको बकैया वडा नम्बर १२ र भिमफेदी ८ को सिमानामा पदर्छ ।