हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ खोप्लाङमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । दिउँसो हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना २ त ७५५८ नम्बरको खाली ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका हुन् ।

घाइते हुनेमा ट्याक्टरमा सवार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बस्ने अन्दाजी १८ वर्षीय राजीव रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।