हेटौंडा। मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनीक गरेको छ ।

शुक्रबार आयोजित दोस्रा गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले आर्थिक वर्ष २०७९र०८० को लागि कुल ६७ करोड ४४ लाख २२ हजार बराबरको अनुमानित आयव्यय पेश गरिन् ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको सभामा उपाध्यक्ष पाख्रीनले क्षेत्रगत नीति तथा कार्यक्रमहरु पेश गरेकी थिइन् । आगामी आर्थिक वर्षमा कुल बजेटको पुँजिगत तर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात ४८ दशमलव ५८ प्रतिशत र चालु तर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात ९५१ दशमलव ४२ प्रतिशत० बजेट विनियोजन गरेको जानकारी दिइन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि जनताका समस्याहरुलाई आत्मसाथ गरी शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका विकासमा सबै पक्षहरु सँग सहकार्य गर्दै अघिल्लो सरकारको अनुभव एवम् पुरा गर्न बाँकी कार्यहरुलाई महत्व दिएर बजेट निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए । हेटौंडा टुडेबाट

नीति-तथा-कार्यक्रम