हेटौंडा  । मकवानपुरको मनहरी गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर आगामी आव २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार भएको गाउँसभामा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेतीयोग्य जमिन बााँझो राख्न नपाइने र खाली रहेका निजी तथा सार्वजनिक जग्गामा सामुािहक खेती गरी उत्पादन बढाइने नीति लिएको छ ।

कृषकले आफ्नो उत्पादनको सही मूल्य प्राप्त गर्न नसक्दा निराशा बढेको भन्दै त्यसको अन्त्य गर्न मूल्य पाएको बखत मात्र आफ्नो उत्पादन बिक्री गर्न सक्षम बनाउन र बीउ बिजन भण्डारणको लागि यसै वर्ष गाउँपालिकाको लगानीमा गाउँपालिकाको वडा नम्बर ३ मा कोल्ड स्टोर निर्माण कार्य सुरु गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गरिने पनि जनाइएको छ । दुध उत्पादनमा प्रोत्साहन गर्न संघीय सरकार र प्रदेश सरकारले दुध संकलन केन्द्र डेरीमा दुग्ध बिक्री गर्ने किसानलाई अनुदान उपलब्ध गराउँदै आएकोमा मनहरीबाट बढी भन्दा बढी दुध उत्पादन गर्न गाउँपालिकाले थप प्रति लिटर रु. २ (दुई) उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिईने पनि जनाइएको छ ।

राप्ती नदी किनारका वस्ती खेतबारीमा रहेको डुबानको जोखिम न्यूनिकरण गर्न पुर्बी राप्ती किनार तटबन्धन योजना क्रमागत रुपमा सञ्चालन गर्न केन्द्रीय सरकार र प्रदेश सरकारसंग आवश्यक पहल गरिने नीति पनि लिइएको छ ।

मनहरी गाँउपालिकाका केही क्षेत्रहरु चट्याङका दृष्टीकोणले अति संवेदनशील रहेकोमा आवश्यक कार्यक्रम पहिचान गरी कार्यन्वयन गरिने नीति लिइएको छ ।

प्रदेश सञ्चारबाट

यस्तो छ गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्ण पाठ

manahari-niti-tatha-karyakram