हेटौंडा । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत मकवानपुरगढी गाउँपालिका वडा नं. २ मा रहेको पुरातात्विक सम्पदाको पुननिर्माण धमाधम भईरहेको छ ।

गढीमा रहेको रामधारा (ढुंङ्गे धारा), धरमपानीमा रहेको प्राचिन सेनकालिन चौतारा पुननिर्माणमा स्थानीय जनशक्तिको प्रयोग गरि पुरातात्विक हिसावले स्थानीय ढुंगा तथा चुनासुर्कीको प्रयोग गरि पुननिर्माण भईरहेको हो ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान जोडिएका सम्पदाहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको मकवानपुर गढी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बखान सिं पाख्रीनले बताए । गढी आसपास रहेका यस्ता पुरातात्विक महत्वका सम्पदालाई पुननिर्माण तथा संरक्षण गर्ने आफ्नो पहिलो कतव्र्य रहेको उनले बताए ।