आदरणीय कमरेड तपाईं प्रति मेरो उच्च सम्मान छ । कम्युनिष्ट पार्टीको बिधि बुझ्दाबुझ्दै पनि बाध्य भएर आज यो सामाजिक संजालको प्रयोग गरेको छु । पार्टीको बिधि अनुसार यो सन्जालको प्रयोग गर्नु उपयुक्त होईन । तर यस्तो ईमान्दारिताको कुनै मुल्य नदेखे पश्चात् मन अमिलो बनाएर संजाल प्रयोग गरेको छु । यसको लागि म क्षमा चाहन्छु ।

बिगत २७ बर्ष अगाडि बाट चन्द्रोदय हेटौंडा–८ को अनेरास्ववियु कमिटीबाट आधिकारीक रूपमा शुरु गरेतापनी मेरो जन्म २०३८/०५/११गते हुँदा नै मेरो रगतमा कम्यु्निष्टको जन्म भएको थियो । २०४६ साल भन्दा अगाडि आदरणीय नेताहरुको सेल्टरको रूपमा मेरो घरको गोठमा रहेको नलको कुन्यु भित्र बनेको त्यो लुक्ने घरमा मेरि आमाले तयार पारिदिनु भएको भुटेको मकै र कोदोको रोटी पुर्याउने मेरो काम पनि सायद पार्टी बनाउनको लागि थियो भन्ने मेरो ठम्याइ छ ।

आज २७ बर्षको अन्तरालमा पार्टी प्रति अलिकति पनि बिचलित नभै ईमान्दार पुर्वक आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छु । मेरो जिबनको राजनीतिक यात्रामा चन्द्रोदय अनेरास्ववियु ,किरण चोक टोल कमिटी ,वडा कमिटी ,तत्कालीन नगरकमिटी,क्षेत्रीय कमिटी २ कार्यकाल,उपमहानगर कमिटी २ कार्यकाल र सचिवालय सदस्य तथा वडा ईन्चार्ज हुँदै जिल्ला कमिटी सदस्य समेतको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्दै आएको छु । तर आज अत्यन्तै मन भक्कानिएको छ चिन्तित छु ।

पार्टी भित्र अराजकताले जरा गाडेको महसुस भएको छ । त्यसको ज्वलन्त उदाहरण भर्खरै सम्पन्न स्थानीय निर्वाचन हो । पार्टीको विभिन्न कमिटी निर्माण गर्दा हुने गरेको सेन्डिकेट प्रथा र उमेदवार छनोट हुँदा समेत गरिएको सेन्डिकेट र निर्वाचन प्रक्रियामा सामेल हुने ब्यक्तिको ब्यक्तिगत आचरण घमण्ड यी सबै कुराले पार्टीलाई ठुलो क्षति भएको महसुस गरेको छु साथै आफ्नो कमजोरी नदेख्ने प्रवृत्तिले दोस अर्काको टाउकोमा हाल्ने र पानीमाथिको ओभानो बन्ने दुस्साहस भएको छ ।

आदरणीय अध्यक्ष कमरेड आज त्यही अराजकताको दलदलले कतै तपाईं लाई पनि डुबाउदै त छैन ? बिनम्रता पुर्वक आग्रह गर्न चाहन्छु । भर्खरै सम्पन्न निर्वाचनमा असफल नेतृत्व भनेर कतै तपाईं माथी पनि आरोप लगाएर पदबाट राजीनामा समेत माग्न पछि परेनन होला त्यो पनि एउटा अराजकता को पराकाष्ठा हो भन्ने मेरो बुझाई छ । त्यो सबै कुराले तपाईंले गर्नु भएको नेतृत्व प्रति असफल बनाउने एउटा सुक्ष्म खेलको शुरूवात हुन सक्छ वडा वडा बाट ईमान्दार र कर्तव्य निष्ठ कार्यकर्ता लाई पाखा लगाउने काम । त्यही अराजकता र सेन्डिकेट को प्रतिफल हो स्थानीय निर्वाचन यसै बाट बिस्तारै ईमान्दार कार्यकर्ताहरु पार्टीबाट बिस्थापित हुँदै छन् । हुन त समुन्द्र बाट दुईचार लोटा पानी निस्किदैमा समुन्द्रलाई कुनै असर गर्दैन भन्ने अराजक स्वरहरु ननिस्किएका होइनन् र भोलि पनि निस्किने कुरा अनौठो नहोला तर ईमान्दार र कर्तव्य निष्ठ कार्यकर्ता पार्टीको गहना हो भन्ने मेरो बुझाई छ त्यही सोच्नु हुन बिनम्रता पुर्वक आग्रह पनि गर्न चाहन्छु ।

नजिकै आईरहेको प्रदेश र संघीय निर्वाचनमा पनि यस्तै अराजकता र सेन्डिकेट हुने निश्चित जस्तै देखेको छु किन भने पार्टीको विभिन्न बैठकमा सिनियर नेता माथी गरिएको शब्दको दुव्र्यवहार नै त्यसको ज्वलन्त उदाहरण हो । त्यसले पार्टीलाई थप क्षेती पुर्याउने कुरा आदरणीय अध्यक्ष कमरेडलाई अवस्य नै थाहा छ भन्ने लागेको छ र थप निर्वाचन पश्चात् पार्टी लाई यस्तै संकट आए जिल्ला नेतृत्व नै असफल हो भन्दै तपाईंको राजिनामा मागेर अराजकता प्रस्तुत गर्दै आफ्नो टाउको जोगाउदै फेरि त्यस्तै ईमान्दार कार्यकर्ता छानीछानी आरोप लगाउने र बिस्तारै आफू ठुलो मान्छे भएको आभास गर्नेछन् । त्यतिबेला पार्टी लाई धेरै क्षेती पुगिसकेको हुनेछ ।त्यही पार्टी प्रतिको माया मायाले गर्दा अनि तपाईंको नेतृत्व सफल भएको हेर्ने ईच्छाले गर्दा पार्टीको बिधि भन्दा बाहिर रहेर यो संजाल प्रयोग गर्दै सुझाव पत्र लेखेको छु ।

आज मदन भण्डारी को जन्मजयन्ती बिशेष सम्झिदै उहाँ आज जिवित हुनुभएको भए ईमान्दार र कर्तव्य निष्ठ कार्यकर्ताले यस्तो बिडम्बना ब्यहोर्न पनि पर्दैन थियो होला सायद दुखका साथ सम्झिन चाहन्छु ।
धन्यवाद लालसलाम ।

हेम अधिकारी
थप जानकारी