जन्म दिन हो मेरो आज आषाढ पन्द्र गते
उमेर बढ्यो आयु घट्यो साथमा लानु छ के
जन्मोत्सव मनाउला पुजा टिका सगुन लिई
मान्यजनबाट आशिष तथा शुभकामना लिई ।१।

त्रिसठ्ठि बर्ष पूरा गरि चौसठ्ठि बर्षमा लागियो
सक्रिय सेवाबाट निवृत भई घरै बस्न थालियो
घरमै बस्न पनि कति गार्हो समय काट्नै कठिन
सक्रिय जीवन जिउनु पर्नेलाई त्यसै बस्न सकिन ।२।

जन्म पछि मृत्यु हुन्छ यो नै हो शाश्वत सत्य
किन गर्नु घमण्ड र अहंकार विर्सिएर तथ्य
योजन्मलाई सार्थक पारौं समाजमा केही गरी
वेला छदै सजक वनौं पछि पछुताउनु व्यर्थ ।३।

दान धर्म अनि दीन दुखिलाई सकेको सहयोग गरि
विपतमा परेकालाई मानविय सेवा गर्न अघि सरि
बाचुन्जेल त होनि सेवा गर्ने तत्पर रहि सधै भरि
संसार छोडि जानैे पर्छ एक दिन को छर अजम्वरि ।४।

हेटौंडा–४ चिल्ड्रेनपार्क

गणेश कुमार श्रेष्ठ
थप जानकारी