हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा वर्षा संगै आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएकोमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

बुधबार अपरान्न ४ बजे राक्सिराङको परेवाभीर नजिकैबाट खोला तर्ने क्रममा दुईजनालाई बगाउँदा एक जना मृत अवस्थामा फेला परेको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले जानकारी दिए ।

घटनास्थलमा रहेका उपाध्यक्ष थिङका अनुसार खोलाले बगाउँदा पहिचान नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष खोलाको किनारमा मृत भेटिएका हुन् । बाढीले बगाएको अर्का पुरषको भने खोजी कार्य भईरहेको उपाध्यक्ष थिङले बताए ।