हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ मकरीस्थित भोर्लेटाँडी जंगलमा स्थानीय ६५ वर्षीय मानबहादुर घलानको शव फेला परेको छ ।

घलान शनिबारबाट बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा मृत फेला परेका हुन् । जंगलमा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

शवलाई पोस्टमार्टमको लागि जिल्लाको हेटौंडा अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।