हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको समृद्धीको आधार शिक्षा, कृषि, पर्यटन र पुर्वाधार भन्ने नारा सहित मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८९–८० को बजेट पारित गरेको छ ।

भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाको देस्रो गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको ७० करोड ७७ लाख ६७ हजार बजेट पारित भएको हो ।

असार १० गते सभामा पेश भए पनि छलफल र केही परिमार्जनसहित गाउँ सभाबाट बजेट पारित भएको हो। यसअघिको गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन(नेपाली)ले आगार्मी आर्थिक बर्षको लागि ६७ करोड ४४ लाख २२ हजार प्रस्तुत गरेकी थिइन् । पारित भएको बजेट ३ करोड ३३ लाख ४५ हजारले बढी रहेको छ ।