४ दशक अगाडी म आफू जन्मेको अस्पताल अहिले पनि आफ्नो अस्तित्वको लागि लडि रहेको छ । मकवानपुर जिल्लाको स्वास्थ्य क्षेत्रमा टेवा पु¥याउँदै आएको अस्पताल कहिले स्वत स्फूर्त रुपमा हिड्न सक्षम हुन्छ । कहिले ढलमल ढलमल गर्दै हिड्नु परि रहेको छ । अस्पतलाको नेतृत्व लिन आउने र त्यो टिममा काम गर्ने टोलिको सहयोगमा अस्पतालको गति भर परेको छ । हेटौंडा अस्पतालमा घेरै सम्भावनाहरु छन् । यो अस्पताले पु¥याउँदै आएको सेवा पनि आफ्नो क्षमता अनुसार ठिकै होला । अलि कति व्यवस्थापकीय कुराहरुलाई ख्याल गर्न सके धेरै हदसम्म उठेका असन्तुष्टिहरु साम्य हुन सक्छ ।

कुनै समय थियो हेटांैडा अस्पतालमा स्त्री रोग विशेषज्ञ थिएन, सामान्य सुत्केरी गराउनकोलागि कि भगवान भरोसा भनेर यहि खतरा मोलेर बस्नु पर्दथ्यो । धेरै पैसा हुनेहरु सुविधा सम्पन्न ठाँउमा गएर सुत्केरी गराउँदथे पैसा नहुनेहरु यहि खतरा मोलेर सुत्केरी गराउँथे । अहिले त्यो माहोल परिवर्तन भएको छ । ३ जना स्त्री रोग विशेषज्ञहरु छन् उहाँहरुले आफ्नो क्षमताले भ्याएसम्म सेवा प्रदान गरी रहनु भएको छ । जसले गर्दा सामान्य आय श्रोत हुने विरामीहरु जो बाहिर उपचार गर्न सक्दैनन उनीहरुले सेवा प्राप्त गरी रहेका छन् । यसका अतिरिक्त हाल अस्पताले जनाए अनुसार हाडजोर्नी विशेषज्ञ, बालरोग सेवा, दन्त सेवा, फिजिसियन सेवा, नाक कान घाटी सेवा, मनोरोग सेवा, फिजियोथेरापी सेवा, न्युरो सेवा, विशेषज्ञ सेवा, आईसीयु, एचडीयु,युएसजी, सीटी स्कयान, डायलिसस लगायतका सेवाहरु प्रदान गरिदै आएको छ ।

तर एउटा कुरा के सत्य हो भने । अस्पतालले प्रदान गर्ने सेवाहरुबाट पछिल्लो अवस्थामा विरामीहरु सन्तुष्ट हुन सकेका छैनन् । केहि समय अगाडी विरामीहरुमा अस्पताल प्रति सकारात्मक सोचको विकास भई सकेको थियो भने अस्पतालमा चिकित्सकहरुमा पनि आत्मविश्वास आई सकेको थियो । अहिले अवस्था परिवर्तन हँुदै गई रहेको छ । अस्पताल प्रति विरामीहरको विश्वास कम हुँदै गई रहेको छ भने चिकित्सकहरुमा पनि आत्मविश्वस कम भई रहेको छ । यसमा दुवै पक्षले आ—आफ्नो तर्फबाट सुधार गरी अस्पतालको सेवा विकासमा लाग्नु पर्दछ ।

हेटांैडा अस्पतालमा सरकारी नियुक्ति र विकास समितिबाट नियुक्ति गरी चिकित्सकहरु नियुक्त भएका छन् । चिकित्सकहरुले कति समयसम्म अस्पतालमा सेवा दिनु पर्ने, शल्यक्रियामा कति समय दिनु पर्ने बाहिर निजी क्षेत्रमा सेवा दिन पाउँने नपाउने त्यो कुरा स्पष्ट नियुक्त गर्ने संस्थाको कार्यविधिमा उल्लेख छ । त्यहि अनुसार नियुक्त गर्ने निकाय र सो को आधारमा नियुक्त भएका चिकित्सकहरुले ईमान्दार भएर काम गर्नु पर्दछ । चिकित्सा क्षेत्रमा अध्ययन अत्यन्त महँगो छ । सामान्य तलवको भरमा आफू वा आफ्नो घर परिवारले गरेको लागानी उठाउन सकिन्न । त्यसकोलागि तलव बाहेक अतिरिक्त आयको लागि चिकित्सकहरुले काम गर्नु पर्ने देखिन्छ । चिकित्सकको सामाजिक प्रतिष्ठा राख्न पनि त्यहि अनुसारको खर्च गर्नु पर्ने भएकोले त्यहि अनुसार आयको खोजी हुनु स्वभाविक हो । निजी क्षेत्रमा खटिनु पर्ने बाध्यता भए पनि पहिलो प्राथमिकता आफू नियुक्त भएको संस्थालाई दिनु पर्दछ । त्यस पछिको समय निजी क्षेत्रलाई छुट्टयाउन पर्दछ ।
अस्पतालको स्वीकृतिमा नीजि क्षेत्रमा सेवा दिन जानु पर्दछ यो कुरा ऐन नियममा पनि उल्लेख छ तर व्यवहारत कार्यन्वयन भएको छैन । अस्पतालले एउटा गतिलो अनुगनमनको व्यवस्था गर्न सक्यो भने अस्पतालमा आवद्ध भएका कर्मचारीहरु आफै लाईनमा आउन सक्छ । कार्यालय समय कति हो, कति बजेसम्म अनिवार्य बस्नु पर्ने ओपीडी वा ओटीमा के के सेवा दिनु पर्ने पर्ने हो सो को जानकारी स्पष्टरुपमा चिकित्सकहरुलाई गराउन प¥र्यो । बाहिरबाट अनगुमन गरी दवावमा चिकित्सकहरुले काम गर्नु भन्दा अस्पताल कै आफ्नै अनुगमन संयन्त्र बनाएर काम गर्नु प¥र्यो । अस्पतालको सामान्य रकम तिर्न पनि गाह्रो हुने बिरामीहरुलाई बाहिर जानु भन्दा अस्पतालमा नै उपचार सहजको वातावरण बनाई दिन प¥र्यो । पैसा हूने हरु आफै अस्पतालको लामो लाईनमा बस्दैनन, निजी क्षेत्रमा आफूलाई विश्सास लागेको चिकित्स्क खोज्दै जान्छन् ।

अस्पतालमा काम गर्ने चिकित्सक, नर्स, व्यवस्थापक लगायात प्राविधिक, अप्राविधिक कर्मचारीहरले आफूले काम गर्ने कार्यथलोलाई घरको रुपमा लिनु प¥र्यो । म सरकारी कर्मचारी भन्ने मानसिकताबाट बाहिर आउन पर्यो । कामको लागि मात्र काम गर्ने परिपाटि अन्त गरीनु पर्यो । व्यवसायीक क्षेत्रमा एउटा भनाई छ कस्टमर ईज अलवेज राईट अर्थात ग्राहक जहिले पनि सहि हुन्छ । ग्राहकले जति सुकै गल्ति गरे पनि व्यवसायीक हितकोलागि उसको गल्तिलाई तत्कालको अवस्थामा सहि मानेर विस्तारै ग्राहक स्वयंलाई पछि आफूले गल्ति गरेको महशुस गराउनु पर्दछ । त्यसैगरी अस्पतालको हकमा पेसेन्ट ईज अलवेज राईटको आधारमा काम गरी सेवाग्रहीसंग नम्र र सहयोगी भावनाले काम गर्नु पर्यो । कुनै कुरा गलत छ वा हुनै सक्दैन भने सहि तरिकाले बिरामीलाई सम्झाउनु पर्दछ । यसबाट साना तिना विवादहरु सतहमा मिल्दै जान्छन । यसले भविष्यमा ल्याउन सक्ने ठूलो दुर्घटनालाई टार्न केहि हदसम्म सहयोग गर्दछ ।

बागमती प्रदेशको राजधानीको अस्पताल अहिलेको हालको अस्पतालले प्रतिनिधित्व गर्न सुहाउदैन । नयाँ भवन बन्दै छ, सायद बने पछि केहि सुधार होला । व्यवस्थापकिय सुधारको र सबै पक्षको ईमान्दारीता बिना जति सुकै ठूलो भवन बनोस सेवाको प्रभावकारीता उल्लेख्य हुन्न । बिभिन्न अत्याधुनिक उपकरणहरु छन् त्यसको सम्भार र सुधार गरी संचालनमा ल्याउन प¥र्यो हाल बायोमेडिकल ईन्जिनियर पनि नियुक्त भएका छ । अस्पतालको विद्यामान उपकरणको पनि समय समयमा परीक्ष्ँण गर्नू प¥र्यो । जनशक्तिको माग गर्नु पर्ने भए सम्बन्धित निकामा जोडदार माग गर्नु पर्यो ।

सरकारी सेवा भनेपछि सेवाग्रहीहरुमा पनि अस्पतालको गेटबाट भित्र पस्दा खेरी देखि नै नकारात्मक प्रभाव परी रहेको हुन्छ । मानविय त्रुटी जहिले पनि हुन सक्दछ सामान्य मानविय त्रुटीलाई गम्भीर लापरवाहिको रुपमा हेरिनु हुन्न । त्यसलाई अतिरंजित पनि बनाउनु हुन्न । बारम्बर मानविय त्रुटि दोहरी रह्यो भने त्यसलाई गम्भीर लापरवाहीको रुपमा आवश्यक विभागीय कारवाहिको रुपमा लानु पर्दछ ।

सामान्य उपचार गर्न जाँदा पनि रोग निको हुने ग्यारेन्टि र आजको भोलि नै शरिरमा सुधार आउनु पर्छ भन्ने मानसिकताबाट सेवाग्रहीहरु बाहिर आउनु पर्दछ । मानव शरिरमा कम्पिलकेशन भन्ने कुरा जुन बेला पनि आउन सक्दछ । जसले गर्दा सामान्य रुपमा विरामी भएर आएका विरामी पनि बिस्तारै गम्भीर हुदै जान सक्छन । त्यसलाई दुवै पक्षले एक अर्कालाई सहज र सौहार्द ढंगमा बुझाउनु पर्दछ । दुवै पक्षको सम्बन्ध राम्रो भयो भने उपचार गर्नेलाई पनि अझ बढि आफ्नो सीप कौशल प्रयोग गर्न मन लाग्दछ । विरामी पक्ष सहयोगी भएन भने बाहिर रिफर पठाउन सक्छन् ।

मकवानपुर जिल्लावासीहरुमा चिकित्सकहरु प्रति हेरिने दृष्टिकोण राम्रो छैन भन्ने कुरा चिकित्सा क्षेत्रमा लागेका समूहमा छ । पछिल्लो क्रममा सेवाग्रही र चिकित्सकको सम्बन्ध सौह्रार्द हुदै गएको छ भन्ने सन्देश जान शुरु भएको छ । यसैलाई निरन्तरता दिन हामी सबै लागौ । अस्पतालको सुधारकै क्रममा स्वतन्त्र युवा समुह लागेका छन् संयमित भएर गल्ति कमजोरीहरु औलाईदिउ । यदि कुनै गल्ति कमजोरी भए आफै व्यक्तिगत रुपमा कारवाही गर्न अगाडी नबढौ । कारवाही गर्ने अधिकार प्राप्त निकायकोलागि कारवाही गर्न दबाव दिउँ । अस्पतालको व्यवस्थापनको नेतृत्व लिने, काम गर्ने चिकित्सक लगायतका सम्पूर्ण टोली, सेवाग्रही र नागरीक सामाज सबै मिले हेटौंडा अस्पतालमा सुधार सम्भव छ ।

 

सुधिर भद्र
[email protected]
थप जानकारी