बागमती प्रदेशको राजधानी हेटौंडा, राजधानी कायम भयो तर, राजधानी जस्तो कहिल्यै भएन्, हेटौंडावासीले के पाए ? केही पाएनन्, न राम्रो स्वास्थ्य पाए, न प्राविधिक शिक्षाको विकास भयो, केवल विचौलियाको राज गर्ने थलो बन्यो । राजधानी भएपछि कोठैं पिच्छे बोर्ड झुण्डाएको मन्त्रालय पायो, सधैं सडक जाम पायो, थरिथरिका मान्छेको भीड् र चिया चौतारामा बिचौलियाको राज पायो । भ्रष्टाचार, बेतिथी, लागुऔषधको ट्रान्जिट पोइन्ट, अपराधको अखडा र बिचौलिया सलबलाउने थलो बन्यो हेटौंडा ।

हेटौंडामा बेतिथीका फेहरिस्ता उल्लेख गर्ने हो भने धेरै पानाहरु खर्च गर्नुपर्छ, आम नागरिकले पाउनुपर्ने, नेपालको संबिधान २०७२ ले सुरक्षिता गरेको हक अधिकारहरु शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता धेरै बिषयमा आम जनताले अनुभुती गर्न सक्ने केही पाएका छैनन् । हेटौंडा सधैं स्वास्थ्यको क्षेत्रमा कमजोर रह्यो । सधैं रिफर र राजनीतिक गर्ने अखडा बन्यो हेटौंडा अस्पताल ।

आम नागरिक संग जोडिएको सार्वजनिक सरोकारको बिषयमा राजनीतिक दलहरुले केवल राजनीति मात्रै गरे । हेटौंडावासीले कहिल्यै अनुभुती गर्ने स्वास्थ्य सेवा पाएनन् । बेतिथी, भ्रष्टाचार, स्वास्थ्य क्षेत्रमा अस्तव्यस्तता र सार्वजनिक सरोकारको बिषयमा लथालिङ भएपछि आजित भएका हेटौंडाका सचेत युवाहरुले आवाज उठाए ।

बिभिन्न पार्टी र संगठनमा रहेपनि सबै त्याग गरेको घोषणा गर्दै स्वतन्त्र युवाको रुपमा सामाजिक सरोकारको बिषयमा हेटौंडा अस्पतालको सेवा सुधारको आवाज सहित अगाडि बढेका युवाहरुले स्वास्थ्य सेवा सुधारका लागि पहल गरे । आजाव विहिनहरुको आवाज बने । सेवाबाट बन्चित बन्न पुगेका सेवाग्रहीका गुनासाका चाङहरु लाग्न थाले ।

युवाहरुले हेटौंडा नगरभित्र रहेका सार्वजनिक तथा नीजि बिद्यालयमा बिद्यार्थीहरुले पिउने पानी, प्रयोग गर्ने शौचालय, खाजा खाने चमेना गृहको अवस्थाबारे पनि जानकारी लिन थाले ।

पुर्व पश्चिम राजमार्गको केन्द्र बिन्दुमा रहेको हेटौंडाको बसपार्कमा दर्जनौं खाल्डा खुल्डी थिए, दुर्घटनाको जोखिम उत्तिकै थियो, सचेत युवाहरुले पुर्ने काम समेत गरे ।

हेटौंडाको सार्वजनिक सरोकारको बिषयमा आवाज उठाउने र सुधारको माग गर्ने गल्ती गरेका हुन् सचेत युवाहरुको टीमले ? आम हेटौंडावासीले यस्को जवाफ दिनुपर्छ । उनीहरुले गरेका कामहरु साचिकै गलत हुन ? पवित्र उद्देश्यले गरिएको समाज सुधारको पाटोलाई मुठ्ठी भरका राजनीतिक दल, राजनैतिक भरैटे, समाजका बोक्रे भलादमीबाट किन साँघुरो बनाउँन खोजिदै छ ? किन युवाहरुको कामलाई रोक्ने प्रयास हुँदैछ ? यो सबैको सोचनिय प्रश्न हो ।

यदि हेटौंडा अस्पतालको सेवा सुधार गर्नु पर्छ भनेर आवाज उठाउने काम गलत हो भने यि युवाहरुलाई जेल हाल्नु पर्छ, तपाई हाम्रो बाबु नानी भाई भतिजा अध्ययन गर्ने नीजि बिद्यालय, सार्वजनिक बिद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थामा भएको पिउने पानी स्वच्छ, सफा, चमेना गृह सफा र प्रयोग गर्ने शौचालयहरु पनि सफा राख्नु पर्छ भनेर आवाज उठाउनु गलत हो भने पनि यि युवाहरुलाई जेल हाल्नु पर्छ । अनि सडकमा खाल्डाखुल्डी भएकै कारण सडक दुर्घटना भएकाले सडकका खाल्डा खुल्डी पुर्ने काम गलत हो भने पनि यि युवाहरुको जमातलाई तपाई हामीले पक्कै छाड्नु हुँदैन । सार्वजनिक चासोका बिषयमा आवाज उठाउने यि सबैलाई कार्वाही गर्नु पर्छ । समाज सुधार गर्छु भन्ने यि को हुन ? आम हेटौंडावासीले मिलेर यि युवाहरुको जमातलाई सार्वजनिक रुपमै जेल हाल्न सके पक्कै समाज सुधार होला ? होईन त ?

अनिल पराजुली
थप जानकारी