हेटौंडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी आमा समूहको प्रथम साधारणसभा सोमवार सम्पन्न भएको छ ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहकी उपाध्यक्ष गोमा खड्को सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा समूहकी उपाध्यक्ष गोमा खडकाले संस्थागत तिवेदन सचिव गंगा लामाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिलकमाया रुम्बाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभा समूहलाई महत्वपूर्ण सहयोग गर्ने शान्ति कुँवरलाई सम्मान गरिएको थियो ।

साधारणसभामा हेटौडा–६ की वडा सदस्य मुना विश्वकर्मा,समूहका सल्लाहकार शम्भु बहादुर रिमाल, उपेन्द्र थापा मगर, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार बानियाँ, सञ्चारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

समूहले टोलको सरसफाई, आर्थिक उपार्जनका कार्यहरु, सामाजिक विकृति विसंगतिको नियन्त्रण, धार्मिक क्षेत्रको संरक्षण, धर्म सँस्कृतिको रक्षा, नेतृत्व विकास लगायतका कार्यहरु गर्दै आएको छ । समूहमा ७७ जना महिलाहरु आवद्ध रहेका छन ।