पञ्चायतकालमा तत्कालिन पञ्चहरुले ६५ बिगाह जग्गामा व्यवस्थित बसोबास र सुन्दर हेडम्वा नगरि विस्तारका लागि आवश्यक पर्ने खाली जग्गाको हिसाव किताव निकाले । सोही हिसाव किताव अनुसार ७ बिगाह ५ कठ्ठा ३ धुर खाली जग्गा छोडियो, जसलाई हुप्राचौर भनेर चिनिन्छ । वास्तवमा नगर विकासले जग्गा विकास गर्दा आवश्यक खुल्ला ठाउँ छोडेको हो त्यति बेला । त्यो बेला पञ्चालयत कालका पञ्चेहरुले छाडेको खुल्ला चौरले तीन दशकदेखि जिल्लामा राज गरेका ठुला दल र तिनका नेताहरुलाई जिस्क्याई रह्यो ।

मकवानपुरको महेन्द्र चोकलाई बुद्ध चोक घोषणा गर्ने बाहेक सम्पूर्ण हेटौंडामा प्लटिङको धन्दा फस्टायो, जग्गाहरु टुक्रा टुक्रा पारिए । सो कार्यमा यहि समाजका ब्रोक्रे अगुवा, ठुला पार्टीका नेताहरु र तिनै पार्टीबाट चुनिएका जनप्रतिनिधि लगायत कर्मचारीको रातो मसि चोपियो । खोला साँघुरिएर खोल्सा बन्यो, खोल्साहरु कुलो कुलेसोमा बदलिए, कुलो कुलोसाहरु त गायवै पारिए । हेटौंडाको प्रत्येक वडामा हुप्रा चौर जस्तो चौर कतै बनेन् ।

यथार्थमा लन्दोफन्दो मिलाएर बजार आसपास मात्रै होईन्, पदमपोखरीदेखि एक्ले खेत सम्मका जग्गाहरु प्लटिङ भए तर पञ्चायत कालमा जस्तो खुल्ला स्थान छोडिएन । सबैले मिलिभगतमा प्लटिङको स्वाद चाखे र कतै हुप्राचौर जस्तो खुल्ला स्थान राख्न परेन् । हो, यिनैलाई बरु हुप्राचौरले गिज्याई रह्यो, जिस्क्याई रह्यो अनि घोचिरह्यो । हुप्रा चौरले मौन भएर यि नेताहरुलाई एउटा प्रश्न गरिरह्यो । नगरभरि प्लटिङ भएर खुल्ला जमिन सकिदा म जस्तो चौर अन्त किन भएन ? यो प्रश्नले ठुला पार्टीहरुको मनमा डर पलायो । अबको १० बर्षपछि हुप्राचौरबाट आउने यो प्रश्नले आफ्नो राजनैतिक व्यवसाय नै धरापमा पर्ने उनीहरुले देखें । त्यसपछि हुप्रा चौर नै मासेर त्यो प्रश्न मेटाउने दुष प्रयास सुरु भयो, अनि जन्मियो योजना, हुप्रा चौर व्यापारिक टावरको ।

अहिले टावरबाट सुरु गरेपछि यो वा त्यो वाहानामा यस्को दायरा बढाउँदै पञ्चायतकालिन प्लटिङमा आवश्यक ठानेर खाली छोडिएको हुप्राचौर गायव बनाउने दुष प्रयास हुँदै छ । संगसंगै पार्टीका कार्यकर्ता झोले झाम्टे, पिछलग्गुहरुलाई सेटिङ मिलाएर उक्त भवन व्यापारका लागि उपलब्ध गराई कमिशन तथा भोट बैंक बनाउने सपना पनि हेटौंडावासीको नजबाट छिपेको छैन् ।

हुप्राचौरको उपयोगिता अघिल्लो महाभूकम्पले पनि पुष्टि गरेको थियो । हजारौंको आश्रय स्थल बनेको थियो त्यो बेला । अबका दिनमा आउने त्यस्ता प्राकृतिक बिपत्तिहरुमा हेटौंडेलीहरुले कहाँ शरण लिने ?

कि आफ्नो पार्टीहरुको आम सभामा हुप्रा चौर खाली देखिन थालेपछिको रिस हो यो ? बुझ्न सकिएको छैन ?

अतः स्वास्थ्य र शिक्षा नपाएर छट्पटिएका नगरवासीको चाहना बमोजिम हेटौंडा अस्पतालमा स्थान्तरण गर्ने वा शैक्षिक क्षेत्रमा उल्लेख्य योग्दान पु¥याएको हेटौंडा क्याम्पसलाई भुटनदेवी विद्यालयको व्यापारिक सटर निर्माणमा प्रयोग भएको जग्गाहरु मध्येवाट केही उपलब्ध गराई सो जग्गामा सो भवन स्थान्तरण गरि शिक्षाको भोक मेटाउने । अवसर हेटौंडाका सेवक मेयर मीनाकुमारी लामा उप मेयर राजेश बानियाँको सामुन्य छ ।

अझैं हेटौंडावासी नजाग्ने हो भने टुसुक्क बसेर सुस्ताउने ठाउँ सम्म पाउन मुस्किल हुनेछ । अब आम हेटौंडावासीले दलहरुले सिर्जना गरेको कोलाहल चिर्ने गरि हुप्रा चौरबाटै आवाज उठाउँन जरुरी छ ।

सरोज न्यौपाने
थप जानकारी