काठमाडौँ । शेयर बजार ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार ७.३८ अंकले घटेको छ । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५३.१६ अंकमा ओर्लिएको छ ।

आज २२२ कम्पनीका ५२ लाख ३० हजार ७ सय ६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय ३० रुपियाँ बराबरको कारोबार भएको छ ।

आज म्युचुअल फण्ड ०.०३ अंकले बढेको छ भने बाँकी समूह राताम्मे भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी ४७.३३ अंकले घटेको हो ।

समग्रमा बजार घटे पनि अपर हेवाखोला हाइड्रो र मन्दाकिनी हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अपर हेवाखोलाको १० र मन्दाकिनीको ९.९७ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यसैगरी एनआईबीएल समृद्धि फण्ड–२ का लगानीकर्ताले सबैभन्दा बढी ६.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड १८ लाख ७१ हजार ३ सय २६.५० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन हिजो आइतबार ७.७२ अंकले बजार घट्दा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८९ रुपियाँ बराबरको कारोबार भएको थियो ।