काठमाडौँ । समग्रमा यो साताको शेयर बजारलाई हेर्दा आइतबार, सोमबार, बिहीबार र शुक्रबार बजार ओरालो लाग्यो । मंगलबार र बुधबार बजारमा झिनो सुधार देखिएको थियो ।

दुई दिन बजारमा सुधार देखिंदा ४.६८ अंकमात्रै बजार माथि उक्लियो भने चार दिन बजार घट्दा ५०.३३ अंकले बजार तल झर्यो ।

शुक्रबार २ घण्टामात्रै शेयर बजार खुल्दा १६.९३ अंकले बजार घटेको छ । ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो ।

आज २१३ कम्पनीका ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८ सय २० रुपियाँ बराबरको कारबो भएको हो ।

समग्रमा बजार घटे पनि आज जीवन बीमा समूह भने ३४.११ अंकले बढेको छ । बाँकी समूह राताम्मे भए । निर्जीवन बीमा समूह सबैभन्दा बढी ५६.७९ अंकले घटेको हो ।

नेप्सेका अनुसार आज एनलाईसी नेपालको शेयर मूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ४.८८ प्रतिशतले नाफा कमाएका छन् ।

आज हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोढ ६८ लाख ६१ हजार ५ सय ४६.३० रुपियाँ बराबरको कारोबार भएको हो ।

बाँकी पाँच दिन कस्तो रह्यो ? 
साताको पहिलो दिन आइतबार ७.७२ अंकले बजार घट्दा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८९ रुपियाँ, सोमबार ७.३८ अंकले बजार घट्दा  १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय ३० रुपियाँ, मंगलबार १.८१ अंकले बजार बढ्दा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपियाँ, बुधबार २.८७ अंकले बजार बढ्दा एक अर्ब ५२ करोड ६१ लख ८६ हजार २ सय १८ रुपियाँ र विहीबार १८.३० अंकले बजार घट्दा १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७ सय ४१ रुपियाँ बराबरको कारोबार भएको थियो ।