हेटौंडा । मागहरु सुनुवाई नभएको भन्दै आन्दोलित भएको नेपाल बिद्यालय कर्मचारी परिषदले एक हप्ता देशभरको सामुदायिक विद्यालय बन्द गर्ने भएको छ । केन्द्रीय निर्णय अनुसार देशभर सहित मकवानपुरका सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गरिने नेपाल बिद्यालय कर्मचारी परिषद् मकवानपुर अध्यक्ष राजन प्रसाद अधिकारीले जानकारी दिए ।

नेपाल बिद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले देशभरका सामुदायिक बिद्यालय एक हप्ता बन्द गर्ने चेतावनी सहितको आन्दोलनका विभिन्न कार्यक्रमको घोषणा गरेको छ । यहि भदौ १२ गतेदेखी १८ गतेसम्म एक हप्ता देशभरका ७५३ वटै स्थानिय तहमा रहेका सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको अधिकारीले बताए ।

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलित भएका छन । केहि दिन अघिदेखी पारिश्रमिक बढाउन माग गर्दै काठमाडाँैमा आन्दोलन गरिरहेका उनिहरुले एक हप्ता देशभरका सामुदायिक विद्यालय बन्द गर्ने भएका हुन् ।

गत आर्थिक वर्षको बजेट वक्तव्यमा विद्यालय कर्मचारीको तलब मासिक कम्तिमा १५ हजार पु¥याउने उल्लेख थियो । त्यसका लागि सरकारले मासिक ८ हजार उपलब्ध गराउने र बाँकी सम्बन्धित स्थानीय तहले बेहोर्ने बजेटमा उल्लेख छ । तर बजेट अभाव देखाउदै अधिकांश स्थानीय सरकारले आफ्नो भागमा पर्ने रकम उपलब्ध नगराउँदा सरकारले तोके अनुसारको पारिश्रमिक नपाएको भन्दै देशभरका झण्डै २९ हजार सामुदायिक विद्यालयमा कार्यरत करिब ४० हजार विद्यालय कर्मचारी काठमाडौंमा आन्दोलन गरिरहेका छन ।