काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो ।

उक्त कम्पनीको आईपीओमा शुक्रबार दिउँसोसम्म १३ लाख ४ हजार २ सय ५ जना आवेदनले १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपियाँ बराबरको १ करोड ४४ लाख ८० हजार ३७० कित्ता शेयरको लागि आवेदन दिएका छन् भने उक्त संख्या बढ्दो छ ।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा भदौ १९ गतेसम्म  आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कूल ३ लाख ९३ हजार ७ सय ५० कित्तामध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

सर्वसाधारणका लागि छुट्याएको आईपीओ ३६ हजार ८ सय ५९ जनाले मात्र १०–१० कित्ता पाउने छन् ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ७ करोड रुपियाँ छ । आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपियाँ पुग्नेछ ।