हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेद्वारहरु चयनको लागि पार्टी बागमती प्रदेश कमिटिलाई सिफारिश गरेकोछ ।

जिल्ला पार्टी कार्यालय हेटौंडामा बसेको बैठकले मकवानपुरको प्रतिनिधि सभा प्रत्यक्ष तर्फ दुई निर्वाचन क्षेत्रमा ४ जना र प्रदेश सभा अन्तरगत ४ वटा निर्वाचन क्षेत्रमा १० जनाको नाम प्रदेश कमिटिलाई सिफारिश गरिएको हो ।

बैठकले मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को लागि प्रत्यक्ष तर्फ संबिधान सभा सदस्य प्रल्हाद लामिछाने र जीवन गोलेलाई सिफारिश गरेको छ । क्षेत्र नं. २ का लागि पार्टीको पोलिटब्युरो सदस्य समेत रहेकी मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान र केन्द्रिय सदस्य रामनारायण बिडारीलाई सिफारिस गरेको छ ।

त्यस्तै, बैठकले प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को (क) र (ख) का लागि ५ जनाको नाम सिफारिस गरेको छ । १ को (क) मा पार्टी केन्द्रिय सदस्य बिजय गौतम, बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेमबहादुर पुलामी र जिल्ला समन्वय समिति मकवानपुरका सचिब भिमबहादुर पाख्रिनको नाम सिफारिस भएको छ भने १ को
(ख) का लागि हेटौंडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस भएको छ ।

यसैगरि बैठकले प्रदेश सभा तर्फ नै क्षेत्र नम्बर २ को (क) र (ख) मा ५ जनाको नाम सिफारिस गरेको छ । २ को (क) को लागि पार्टीका पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तान, बिशेष प्रदेश कमिटि उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे र बागमती प्रदेश कमिटि सदस्य लबशेर बिष्टको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ को (ख) का लागि प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लान, पार्टी मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरिएको पार्टी जिल्ला समन्वय समिति सचिब भिमबहादुर पाख्रिनले बताए ।

बैठकले समानुपातिक तर्फको उम्मेद्वारहरुको पनि सिफारिश गरेको छ । प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वारका लागि ठुलीमाया मोक्तान, प्रमिला लामा पुलामी, रञ्जना श्रेष्ठ, सन्तोषकुमार लामा, चन्द्र बहादुर लामा, फुलमाया सिन्तान, रामहरि सुवेदी, लाल सिं गुरुङको नाम सिफारिश गरिएको छ ।

प्रदेश सभाको समानुपातिक उम्मेद्वारका लागि जीवन पहरी, बच्चु खड्का गोले, बिरबहादुर राई, लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, कृष्ण प्रसाद सुवेदी, पुनम भट्टराई, भगीरथ नेपाल, लिला कुमार घलान, शेख जाहगिर, अप्सरा लोप्चन, ज्योति रायमाझी, बिर्जु पदम लामा, रञ्जित राना, आनन्द घलान, खुसीलाल चेपाङ, ईश्वरी सुनुवार, दिल बहादुर स्याङ्बो, पूर्णिमा दोङ, बिश्वराज थिङलाई सिफारिश गरेकोछ ।

राज कुमार के.सी.
थप जानकारी