हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक वृद्ध महिलाको ज्यान गएको छ । ज्यान जानेमा राक्सिराङ–२ बरेटार की ६२ बर्षीया कालिमाया स्याङतान रहेको जनाइएको छ ।

मंगलबार साँझ घर नजिकै बारीमा गएको समयमा उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेको उनको घटनास्थलमै ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन् ।

घटनाको मुचुल्काको लागि बुधबार बिहान इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल तर्फ गएको जनाइएको छ ।