हेटौंडा । हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा हेटौंडामा टिभिएसको ग्राण्ड एक्स चेन्ज मेला हुने भएको छ ।

यहि भदौ २९ देखि असोज ३ गतेसम्म हेटौंडा मेनरोड स्थित रानीदरबार अगाडि रहेको टिभिएसको सोरुममा एक्सचेञ्ज सहित नयाँ बाईक तथा स्कुटर बिक्री गरिने हेटौंडा अटो मार्टका प्रमुख प्रबेश राज बरुवालले बताए ।

एक्सचेञ्ज अफरमा कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरसंग टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने हेटौंडा अटो मार्टका सञ्चालक बरुवालले जानकारी दिए ।

एक्सचेञ्जमा ग्राहकले आफ्नो सवारी साधनको एक्सचेञ्ज गर्दै पुरानो साधनको बजार मूंल्याकन भन्दा ७००० रुपैयाँ थप प्रदान गरिने, ‘बबाल फाइनान्स स्किम’ अन्तरगत न्यूनतम २० प्रतिशत डाउनपेमेन्टमा मासिक ४२७७ रुपैयाँ मासिक किस्तामा ‘स्पट फाइनान्स’ सुबिधा र ५० प्रतिशात डाउनपेमेन्टमा ५.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुबिधा लगायत अन्य धेरै उपहार समेत प्रदान गरिने बताइएको छ ।

६ सम्म चल्ने एक्सचेञ्ज कार्यक्रममा कम्तिमा १०० वटा नयाँ बाईक तथा स्कुटर बिक्री गरिने लक्ष्य लिएको र सो लक्ष्य सहजै पुरा हुने सञ्चालक बरुवालको दावी छ ।

हाल बजारमा टिभिएसका न्यूनतम १ लाख ४२ हजारदेखि ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बजारमा उपलब्ध छन् ।

टिभिएसले भदौ २० गते देखिनै लागू हुने गरी मुख्य चाडपर्व लक्षित ‘कायापलट’ नामको विशेष योजनापनि सार्वजनिक गरेको छ । यो योजना अन्तरगत टिभिएसको कुनै पनि मोडलका मोटरसाइकल वा स्कुटर खरिद गर्दा पाँच पटकसम्म पुरस्कारहरु प्राप्त गर्न सक्ने छन् ।

खरिद गर्नुअघि नै १ लाख र खरिदपछि १० लाखसम्मको नगद प्राप्त गर्न सकिने साथै हरेक दिन योजना बारे सोधपुछ गर्न एकजना भाग्यशाली बिजेतालाइ रिएल मिसि ३० स्मार्ट मोबाइल उपहारको व्यवस्था गरिएको टिभिएसले जनाएको छ ।

साथै भाग्यशाली एक जनालाइ बम्पर उपहार रु ५० लाख नगद पुरस्कार रहेको संचालक बरुवालले जानकारी दिए ।

राज कुमार के.सी.
थप जानकारी