हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ निवासी किशोर रानाले नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् । २० बर्षदेखि नेपाली काँग्रेस मकवानपुरमा क्रियाशिल सदस्यका रुपमा रहेका रानाले पार्टी परित्याग गरेका हुन् ।

नेपाली काँग्रेसका सक्रिय सदस्य, क्षेत्रीय प्रतिनिधि, नेपाल तरुण दल बागमती गाउँपालिकाका सभापति भएका रानाले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनी नेपाल तरुण दलको वडा, गाविसदेखि सक्रिय राजनीतिमा थिए ।

स्वतन्त्र भएर जनताको सेवा गर्नका लागि पार्टी त्याग गरेको उनले बताए । पछिल्लो समय राजनीतिक दलले आफ्नो फाइदाका लागि गठबन्धन गरेर जनताको मतलाई अपमान गरेको गरेको बताए । उनले जनतालाई गुमरामा राखेर राजनीतिक दलले सधैं जनतालाई झुक्याउने काम गरेको बताए ।

रानाले अब जनताको सेवा गर्न बैकल्पिक शक्तिको अभियानमा जुटेर अगाडि बढ्ने प्रतिक्रिया दिए । मकवानपुरको क्षेत्र नं. १ को प्रदेश क बाट उम्मेद्वारी दिने घोषणा समेत गरेका छन् । शिक्षा, स्वास्थ्य र कृषिमा आम जनताको सहज पहुँच पु¥याउन आफुले उम्मेद्वारी दिन लागेको उनको प्रतिक्रिया छ । प्रदुषित बागमतीका कारण स्थानीयलाई प्रतिकुल प्रभाव पारेकाले बागमती पीडितलाई क्षतिपूर्ति दिलाउन आफ्नो उम्मेद्वारी रहेको उनले बताए ।