

हेटौंडा । नेकपा एमाले मकवानपुरमा पहिरो गएको छ । एमाले मकवानपुरका जिल्ला सदस्य सहित ६५ जनाले पार्टी परित्याग गरेका छन् ।
पार्टी भित्रको वेतिथी र बिसंगतीबाट आजित भएका इमान्दार नेता कार्यकताहरुले एमाले पार्टी परित्याग गरेका छन्, उनीहरु सचेत नागरिकको रुपमा स्वतन्त्र रहेर बैकल्पिक शक्तिको लौरो अभियानलाई सहयोग गर्ने मनस्थितीमा पुगेको एक कार्यकर्ताले बताए । उनले भने दशकौं रहेको पार्टी छोडेर एक्कासी घोषणा गरेर आउने संभावना त अहिले छैन, तर सचेत नागरिकको हैसियतले हामी संग जोडिएका जनताहरुलाई बैकल्पिक शक्तिको आवश्यकता बारे बुझाउने तर्फ हामी लाग्ने छौं । हामी पार्टीमा आवद्ध भएको पनि देश विकास र जनताको समृद्धिको लागि हो ।
अहिले स्वतन्त्र रुपमा विजयी भएका वालेन साह, हर्क साम्पाङले गरेको कार्यले देशनै उर्जामय भएको छ । यो समयमा मकवानपुरमा पनि वैकल्पिक शक्ति निर्माणमा सघाउनु हाम्रो देश प्रतिको कर्तव्य पनि हो ।
एकिकृत समाजवादी मकवानपुरकी जिल्ला सचिवालय सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मनिला विष्ट सहितका नेताहरुलाई एमालेमा ल्याएको बिरोधमा एमाले मकवानपुरका जिल्ला सदस्य सहित ६५ जनाले बिरोध गरेका थिए ।
पार्टी फुटका कारण नेकपा एमाले र एकिकृत समाजवादी(एस)बीच पानी बाराबार नै छ । एमाले पार्टी परित्याग गर्नेमा मनहरी गाउँपालिका वडा नंबर ५ कमिटिका सबै कमिटिले पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्नेमा जिल्ला सदस्य शुभराज थिङ, गाउँ कमिटि उपाध्यक्ष मोहनलाल थिङ, सचिवालय सदस्य पम्फा रोक्का, गाउँकमिटि सदस्य एवम ५ नंबर सह–इन्चार्ज बुद्धिराम मोक्तान, वडा नंबर ५ का वडाध्यक्ष सोमनाथ रुम्बा, उपाध्यक्ष बलराम बस्नेत, उपसचिव लिलाकुमारी आचार्य लगाएतका रहेका छन् ।
पार्टी परित्याग गर्नेहरुमा वडा कमिटी सदस्यहरु देवकान्त मैनाली, कृष्णबहादुर तामाङ, सुनिता थिङ लगाएतका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्