हेटौंडा । राउण्ड टेबल नेपाल मकवानपुर शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । डेंगुको संक्रमण बढेसंगै रगतको अभाव भएपछि राउण्ड टेबलले हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरको प्राबिधिक सहयोगमा बिहान ८ बजेदेखि १० बजे सम्म रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा सार्वजनिक सेवा सुधार संघर्ष समितिका दिपेन्द्र चन्द ठकुरी, नेपाली काँग्रेसका सचिव भिमसेन महत, हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने लगायतकाको सहभागिता रहेको थियो ।

नेपाल भर ३२ स्थानमा शाखा रहेको राउण्ड टेबलले शिक्षा क्षेत्रलाई लक्षित गरेर काम गर्दै आईरहेको छ । १८ बर्षदेखि ४० बर्ष उमेर समुहका व्यापारीक युवाहरु मिलेर यस संस्थाको स्थापना गरेको सम्झौंता सापकोटाले जानकारी दिए । संस्थाले डेढबर्षदेखि मकवानपुरमा काम गर्दै आईरहेको छ ।